नागरिक उन्मुक्तिले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने संकेत

नागरिक उन्मुक्तिले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने संकेत
+
-

धनगढी- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समर्थन गर्ने संकेत गरेको छ।

आइतबार दिउँसाे १ बजे प्रदेशसभा बैठकबाट विश्वासकाे मत लिने तयारी गरेका मुख्यमन्त्री शाहलाई उन्मुक्तिले समर्थन गर्ने संकेत गरेकाे हाे।

७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउँदै आएको भए पनि आज भने विश्वासको मत दिने निर्णयमा पुगेकाे छ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता रामेश्वर चौधरीले शाहलाई विश्वासकाे मत दिने बताएका छन्। ‘हामी ‍विश्वासको मत दिन्छौँ’, चौधरीले भने, ‘सबै जना धनगढीमै छौँ, म मात्रै काठमाडौँ थिएँ। म पनि विश्वासको मत दिने भएपछि धनगढी फर्किएको छु। अहिले पनि हामी छलफलमा बसेका छौँ।’

यसअघि अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौताबिना मत नदिने बताउँदै आएकी थिइन्। उनीहरूले आफ्ना माग पूरा नभए विश्वासको मत नदिने संकेत जनाउँदै आएका थिए।

माघको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुसार आज उनले विश्वासको मत लिँदै छन्।

माओवादी केन्द्रको शनिवार बसेको संसदीय दलको बैठकले पनि यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेकाे थियाे। अहिले माओवादी संसदीय दलकाे बैठक पुन: बस्दैछ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार अनुसार कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएको थिए। उपधारा ४ अनुसार आज विश्वासको मत लिँदैछन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ। यहाँ कांग्रेसका १९ सदस्य छन्। माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?