फेरि एकपटक माओवादीहरू मिली लाखाैँ जनता सडकमा उतार्नुपर्ने बेला भयो: दाहाल

फेरि एकपटक माओवादीहरू मिली लाखाैँ जनता सडकमा उतार्नुपर्ने बेला भयो: दाहाल
+
-

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक माओवादीहरू एक ठाउँ आएर सडकमा लाखौँ जनता उतार्नुपर्ने बेला भएको बताएका छन्।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्ताे भनेका हुन्।

‘एकचोटि माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि विजययात्रा सुरु गर्नेछ। फेरि विशाल सागर बनेर जाने बेला भयो। बाबुरामजीले, विप्लवजी र किरणजीले हासिल गरेका अनुभव मेरा पनि हुन्। धर्मेन्द्रजी अनुभव गर्दै हुनुहुन्छ। यी तीतामीठा र राम्रानराम्रा सबै हाम्रै हुन्’, उनले भने।

प्रधानमन्त्री दाहालले अहिले एकताबद्ध हुनुपर्ने बोध सबैलाई भएको बताए।

‘एकताबद्ध हुनुपर्छ भन्ने जुन बोध गरिएको छ। त्यो शक्ति हो भन्ने ठान्छु र सवै साथीहरुलाई गम्भीरता साथ विचार गर्न अनुरोध गर्दछु’, उनले भने।

माओवादी आनदोलन र त्यसको प्रभाव अनेक धारामा विभाजित भए पनि त्यो एक ठाउँमा आउँदा जबर्जस्त प्रभाव रहेको प्रचण्डकाे दावी छ।

प्रतिक्रियावादीहरूले भ्रम छर्ने र घेरा हाल्ने षड्यन्त्र गरेको समेत उनले आराेप लगाए।

‘प्रतिक्रियावादीहरूले आज पनि घेरा हाल्ने षड्यन्त्र गर्दैछन्। माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादीहरू कमजोर हुन्छन्’, अध्यक्ष दाहालले भने।

उनले माओवादी विभाजित भएकाले पनि चौतर्फी प्रहार भइरहेको पनि बताए।

‘माओवादी शक्तिहरू विभाजित भएकाले यही कुरामाथि अहिले प्रहार भइरहेको छ’, उनले भने।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?