प्रचण्डमा देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन: शंकर पाेखरेल

प्रचण्डमा देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन: शंकर पाेखरेल
+
-

काठमाडाैँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन्।

विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ।

२४ औँ यदु स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दावी समेत गरे।

महासचिव पाेखरेलले भने, ‘एउटा क्रान्तिकारी, जसले देशको स्वाधीनता, साम्राज्यवाद, सामन्तवादविरुद्धको नेतृत्व गर्‍याे। आज मुलुकको बारेमा फैसला गर्नुपर्दा चाहिँ उभिन सक्ने अवस्थामा छैन। उग्रवामपन्थी अतिवादका कारणले गर्दाखेरि र मानवताविरुद्धको अपराधका कारणले गर्दा ऊ यति कायर बनेको छ कि देशको पक्षमा उभिन सक्दैन। जनताको पक्षमा उभिन सक्दैन। तर शक्ति संघर्षमा बडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ। तर, देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य छैन।’

उनले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दाेहाेर्‍याए।

उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम-लोकतान्त्रिक शक्तिहरूबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?