खोप कार्ड अनिवार्य भन्दै विदेशी नागरिकलाई सास्ती

खोप कार्ड अनिवार्य भन्दै विदेशी नागरिकलाई सास्ती
+
-

केही दिनअगाडि एक बेलायती फोटोग्राफर नेपाल घुमघामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरिन्। विमानस्थलको आगमन टनेल गेटबाट निस्किने क्रममा उनीसँग कोभिड-१९ विरुद्ध लगाइएको खोप कार्ड मागियो। ती फोटोग्राफरले आफूसँगै ल्याउन बिर्सिएको कुरा राखिन्। प्रहरीले खोप कार्ड अनिवार्य भन्न थाले। खोप कार्ड नभए पिसिआर परीक्षण गर्न बाध्य पारे।

अन्तिममा ती फोटोग्राफरले खोप कार्डको फोटो वाट्सअपबाट मगाएर प्रहरीलाई देखाएपछि उनी बाहिर निस्कन पाइन्। यो त एउटा उदाहारण मात्रै हो। धेरै विदेशी नागरिक यतिखेर खोप कार्ड र पिसिआर रिपोर्टको कारण नेपालमा सास्ती खेप्नु परेको छ।

खोपको सहजतासँगै कोरोना संक्रमण दर घट्न थालेपछि विश्वका कतिपय मुलुकले अन्तर्राष्ट्रिय उडानलाई नियमित गरे। खाडी मुलुकदेखि अमेरिकासम्मले नेपालसँगको उडान पनि पुनः सुचारु गरिसकेका छन्।

विश्वका मानिसहरू पर्यटनका लागि नियमितजस्तो यात्रा गरिरहेका छन्। तर राज्यले विदेशबाट नेपाल आउने यात्रीलाई कोभिड-१९ विरुद्धको खोप कार्ड मागेर सास्ती दिँदै आएको छ।

पछिल्लो समय युरोप र अमेरिकाका केही देशबाहेक धेरैजसो देशमा पिसिआर रिपोर्ट र खोप कार्डको अनिवार्यता हटाइसकेको छ। यसमध्ये विश्वको १०१ देशले अन्तर्राष्ट्रिय यात्रीलाई कोराना परीक्षणको रिपोर्ट र खोप कार्डबिना नै प्रवेश गराएको छ। ती देशहरूले आफ्ना नागरिकलाई स्वतन्त्रता दिएसँगै विदेशी यात्रीलाई पनि सहज बनाएको यही मार्च ३ मा ट्राभलिङ लाइफ स्टाइलमा प्रकाशित लेखमा उल्लेख छ।

मारिया भ्यालेसिन्या लेखेको उक्त रिपोर्टमा पर्यटकहरूलाई काेभिड-१९ को पिसिआर रिपोर्ट तथा खोप कार्डलाई अनिवार्य गरेको छैन।

उरुग्वे, सिंगापुर, बहामस, लाओस्, मोरोक्को, भारत, पेरु, स्पेन, कम्बोडिया, साउथ कोरिया, लेबनान, क्यानाडा, थाइल्याण्ड, ट्युनिसिया, टर्की, न्युजिल्याण्ड, अष्ट्रिया, फ्रान्स, मलेसिया, जर्मनी, इजरायल, अर्जेन्टिना, पोल्याण्ड, डेनमार्क, इङल्याण्ड, रोमनिया, जोर्डन, कोष्टारिका, नर्वे, पोर्चुगल, संयुक्त राज्य अमेरिकालगायतका एक सय एक देशमा विदेशी यात्रीका लागि अनिवार्य पिसिआर रिपोर्ट र खोप कार्ड देखाउनु पर्दैन।

उरुग्वे, सिंगापुर, बहामस, लाओस्, मोरोक्को, भारत, पेरु, स्पेन, कम्बोडिया, साउथ कोरिया, लेबनान, क्यानाडा, थाइल्याण्ड, ट्युनिसिया, टर्की, न्युजिल्याण्ड, अष्ट्रिया, फ्रान्स, मलेसिया, जर्मनी, इजरायल, अर्जेन्टिना, पोल्याण्ड, डेनमार्क, इङल्याण्ड, रोमनिया, जोर्डन, कोष्टारिका, नर्वे, पोर्चुगल, संयुक्त राज्य अमेरिकालगायतका एक सय एक देशमा विदेशी यात्रीका लागि अनिवार्य पिसिआर रिपोर्ट र खोप कार्ड देखाउनु पर्दैन।

तर नेपालमा अहिले पनि खोप कार्ड अनिवार्य खोजेर विदेशी नागरिकलाई सास्ती दिँदै आएको छ। खोप कार्ड नभएको खण्डमा पिसिआर रिपोर्ट परीक्षण गर्नुपर्ने कि क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थालाई हटाउन सकेको छैन।

छिमेकी राष्ट्र भारतले पनि २०२२ नोभेम्बर २२ देखि अन्तर्राष्ट्रिय यात्रीहरूका लागि पिसिआर रिपोर्ट तथा खोप कार्ड अनिवार्य हटाइसकेको छ। विश्वव्यापी रूपमा कोभिड संक्रमण घटिरहेको हुँदा भारत सरकारले पनि अन्तर्राष्ट्रिय यात्रुलाई सहज बनाएको हो।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुन २०७८ को बैठकमा गरेकाे निर्णयअनुसार ‘अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन्’ लेखिएको छ।

यदि खोप कार्ड वा पिसिआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन बस्नु पनि नपर्ने भनिएको थियो। तर अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी तथा कर्मचारीहरू पुरानै नीतिअनुसार आगन्तुक पर्यटकलाई सास्ती दिइरहेका छन्। यो नीति किन हट्न सकेको छैन?

‘यससम्बन्धी प्रावधान रिभाइज गर्नुपर्छ भनेर कोभिड- १९ संकट व्यवस्था केन्द्र (सिसिएमसी)मा पटक-पटक कुरा भएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भन्छन्, ‘तर, यस विषय निर्देशक समितिबाट स्वीकृत गराएर मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्छ, त्यसका लागि बैठक बस्न भ्याएको छैन।’

सहप्रवक्ताका डा. अधिकारीकाअनुसार विदेशी नागरिकले दुःख पाएको नियम परिमार्जन गर्नेबारे सिसिएमसीमा पटक-पटक छलफल भए पनि प्रधानमन्त्रीको प्राथमिकतामा नपर्दा यथावत् रहेको छ।

स्वास्थ्य तथा जनसंख्याको मार्च ४ को रिपोर्टअनुसार नेपालमा कोभिड-१९ को नयाँ संक्रमित तथा मुत्यु हुने संख्या शून्य छ।

कोभिड-१९ शून्य अवस्थामा पुग्दा पनि विदेशी नागरिकलाई खोप कार्डको बहानामा सास्ती दिँदा उत्साहपूर्वक नेपालमा घुम्न आएका बेलायती फोटोग्राफरजस्ता धेरै विदेशीले आफूलाई होच्याएको महसुस नगर्लान् भन्न सकिँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?