भ्यालेन्सियामाथि बार्सिलोनाको कठिन जित

भ्यालेन्सियामाथि बार्सिलोनाको कठिन जित
+
-

बार्सिलोनाले स्पेनिस ला-लिगाको उपाधि होडमा आफ्नो प्रभावशाली अग्रता कायम राखेको छ। आइतबार भ्यालेन्सियामाथि १-० को कठिन जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउन सफल भयो।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको बार्सिलोनाका लागि पहिलो हाफको एक मात्र गोल निर्णायक बन्यो।

बार्सिलोनाका लागि राफिन्हाले हेड गर्दै १५ औँ मिनेटमा नै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले सर्जियो बुस्केटको क्रसलाई सदुपयोग गर्दै सुरुवातमानै टिमलाई अग्रता दिलाएका हुन्।

पहिलो हाफमा १-० को अग्रता बनाएको बार्सिलोनाले अग्रता दोब्बर बनाउने मौका गुमायो। ५५ औँ मिनेटमा पाएको पेनाल्टीलाई फेरान टोरेसले गुमाएका थिए। लगत्तै अन्सु फातीको प्रहार पोलमा लाग्दा अर्को मौकापनि बार्सिलोनाले चुकायो।

वान भर्सेस वानको अवस्थामा भ्यालेन्सिया गोल नजिक रहँदा फर्वाड हुगो डुरोसलाई डिफेन्डर रोनाल्ड अरुगोले लडाएपछि उनी सिंधै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए।

जितपछि बार्सिलोनाले २४ खेलबाट ६२ अंक बनाएको छ। दोस्रो स्थानको रियल म्याड्रिडको २४ खेलबाट ५३ अंक रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?