
काठमाडाैँ- माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
आज रामेछापका ज्ञानेन्द्रराज आरणसहितले रिट दर्ता गराएका हुन्।
गत शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फूयालकाे इजलासले रिट निवेदन दर्ता गर्न आदेश दिएकाे थियाे। साेही आदेशअनुसार रिट दर्ता गरिएकाे हाे।
आज दर्ता भएको रिटको पेसी बिहीबार ताेकिएकाे छ। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ डब्ल्यूओ – ९४७ नम्बरमा दर्ता गरेको छ।
द्वन्द्वकालमा विभिन्न समयमा पीडित भएका र ज्यान गुमाएका व्यक्तिका १४ जना नातेदारले रिट हालेका हुन्।
दाहालले तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने भनी दिएको अभिव्यक्तिको आधारमा उनीमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।
पूर्णपाठ