सैनामैना झारफुक घटना: स्थानीय १७ जना प्रहरी नियन्त्रणमा

सैनामैना झारफुक घटना: स्थानीय १७ जना प्रहरी नियन्त्रणमा
+
-

बुटवल- रुपन्देहीको सैनामैना गाउँपालिका-१० मा झारफुक गर्ने क्रममा किशोरीको मृत्यु भएपछि स्थानीय १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कान दुखेर बिरामी भएकी १४ वर्षीया सीता ज्ञवालीलाई झारफुक गरेर निको बनाउने भन्दै स्थानीय २२ वर्षीया सोनिया रेश्मीले यातना दिएपछि फागुन २० गते राति साढे ९ बजे उनको मृत्यु भएको थियो।

माताका रूपमा परिचित सोनियाले झारफुकका क्रममा सीतालाई शारीरिक यातना दिएका कारणले मृत्यु भएको प्रहरीले बताएको छ।

यातनाकै कारण सीताको मृत्यु भएपछि उनका परिवार स्थानीयले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेको प्रहरीको भनाइ छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउने जस्ता यातना दिएको देखिन्छ।

भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, सालझण्डीको टोलीले सोनियालाई नियन्त्रणमा लिएको थियो।

घटनाको अनुसन्धानका लागि मृतकका बुवासहित घटना हुँदा उपस्थित र दाहसंस्कारमा संलग्न १७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ पर्नेहरूको विवरण सार्वजनिक नगरिए पनि उनीहरू आफन्त र एकै गाउँका व्यक्तिहरू रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताए।

मृतककी आमा लीला ज्ञवालीले १२ गतेदेखि कानको बिरामी भएकी छोरीलाई दुई पटकसम्म मेडिकल लगेर उपचार गराउँदा समेत सञ्चो नभएपछि केही व्यक्तिको सल्लाहमा झारफुकका लागि माताकहाँ लगेको बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?