खुकुरीसहित आरआरबाट पक्राउ परेका विद्यार्थीलाई अभद्र व्यवहार कसूर

खुकुरीसहित आरआरबाट पक्राउ परेका विद्यार्थीलाई अभद्र व्यवहार कसूर
+
-

काठमाडौँ- काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा खुकुरी प्रहार गर्न खोज्दा पक्राउ परेका विद्यार्थीमाथि प्रहरीले अभद्र व्यवहार कसूरमा अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनलाई आज म्याद थप गरी अभद्र व्यवहार कसूरमा अनुसन्धान अघि बढाइएको हो। क्याम्पसभित्र खुकुरी बोकेर प्रवेश गरी आक्रमण गर्न खोज्ने एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका थिए।

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा चन्द खुकुरीसहित प्रवेश गरी आक्रमण प्रयास गरेको प्रहरीले जनाएको छ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन र नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूबीच विवाद भएको थियो।

खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् ।

फर्जी विद्यार्थी खडा गरिएको भन्दै आरआरमा विवाद बढेको थियो । विवाद बढेपछि कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी लगायत सत्तारूढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन्।

यसै विषयलाई लिएर आइतबार पनि ढुंगामुढा र विद्यार्थीबिच सामान्य झडप भएको प्रहरीले जनाएको छ। साथै डिएसपीको कमान्डमा क्याम्पसमा प्रहरी परिचालन गरिएको रिजालले बताएका छन्।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ मा अभद्र ब्यावहार सम्बन्धि कसुर उल्लेख छ। जसमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भनेर उल्लेख गरिएको छ।

कानुन अनुसार कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रावधान छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?