आइसिसी विश्वकप लिग-२: पिएनजीविरुद्ध नेपालले जित्यो टस, गुल्सनको स्थानमा करण

आइसिसी विश्वकप लिग-२: पिएनजीविरुद्ध नेपालले जित्यो टस, गुल्सनको स्थानमा करण
+
-

काठमाडाैँ- आइसिसी विश्वकप क्रिकेट लिग- २ मा नेपाल पिएनजीसँग जारी सिरिजको अन्तिम खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

सोमबार टियू मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल विश्वकप अभियानलाई थप नजिक पार्नका लागि जित्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो।

नेपालले आइतबार युएईविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। गुल्सन झाको स्थानमा करण केसीलाई प्लेइङ ११ मा सहभागी गराएको छ। अन्य खेलाडीमा भने कुनै परिवर्तन भएको छैन।

नेपालका कप्तान रोहितले पहिले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। दुई खेल अगावै एकदिवसीय वरीयता पक्का गरेको नेपालका लागि अबको एकमात्र लक्ष्य बाँकी दुबै खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउनु हुने छ।

विश्वकप लिग-२ मा शीर्ष ३ मा रहेमा विश्वकपमा सोझै छनोट हुने भएकाले नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने चुनौती छ।

विश्वकप लिग-२ का कुनै पनि खेलमा नेपाल पीएनजीसँग नहारेकाले विना दबाब मैदानमा उत्रिँदै पुन: एकपटक आफ्नो लक्ष्यलाई बलियो बनाउने प्रयास गर्ने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’