होटल पौवाको आतिथ्यता अब पोखरामा

होटल पौवाको आतिथ्यता अब पोखरामा
+
-

पोखरा – आन्तरिक र बाह्य पर्यटकको नजरमा पोखरा उत्कृष्ट गन्तव्य हो। पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै होटल, रेष्टुँरा, रिसोर्टमा लगानी बढ्दो छ।

देशका विभिन्न १० शहरबाट आतिथ्य सेवा प्रदान गर्दै आइरहेको होटल पौवाले पनि पोखरालाई रोजेको छ। होटल पौवाको ११ औँ शाखा पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १ मा खुलेको हो।

होटल पौवाले नेपालीपनलाई जोड दिने दाबी गरेको छ। होटलले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबैमा नेपालीपन झल्कने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए। ज्ञवालीले भने, ‘पौवाले दिने आतिथ्य सत्कार पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ। हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौँ।’ परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्य राखेको उनको भनाइ छ।

कोरोनापछि पर्यटन क्षेत्रमा चुनौती बढेको बेला चुनौतीलाई अवसरमा बदल्न पोखरामा सेवा विस्तार गरेको प्रबन्ध निर्देशक ज्ञवालीले बताउँछन्। ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनाएको छ। त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा पर्‍यो’, उनले भने, ‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ। तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न पोखरा आइपुगेका छौँ।’

पोखरामा होटल पौवाले १० करोड रुपैयाँ लगानी गरेको छ। पोखरामा होटल पौवाको सुपर डिलक्स र मिनी सुइट गरी ३९ कोठा छन्।

रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा र सुदूरपश्चिम प्रदेशको धनगढीबाट सेवा दिँदै आइरहेको छ। ११औँ शाखाका पोखरामा खोलेको होटल पौवाले काठमाडौँ र नेपालगञ्जमा पनि सेवा विस्तार गर्दैछ।

स्थापनाको सात वर्षमा ११ शाखा खुलेको होटल पौवाले अबको एक दशकमा १०० शाखा विस्तारको योजनासहित ‘मिसन १००’ लक्ष्य तय गरेको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउँछन्। पौवाको लक्ष्यअनुसार ‘मिसन १००’ मा पुग्दा पौवाको लगानी अर्बौँ पुग्नेछ। ‘नेपाल अधिराज्यकै आतिथ्यता नम्बर वानको लक्ष्य लिएका छौँ’, उनले भने।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रलाई आत्मसाथ गरेको होटल पौवाको पोखरा शाखा चैत १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नेछन्। उद्घाटनको अवसरमा ‘पौवा स्वाद उत्सव’ आयोजना गरेको सञ्चालक शरण कर्माचार्यले जानकारी दिए।

‘स्वाद उत्सवमा जुम्लाको मार्सी चामलदेखि पाल्पाको चुकौनीको स्वाद चखाउने छौँ’, उनले भने। यस्तै, चैत ११ गते गजलकार थानेश्वर गौतमको साथमा ‘गजल साँझ’समेत आयोजना गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?