गण्डकीमा क्षयरोगीः वर्ष दिनमा ९२ जनाको मृत्यु

गण्डकीमा क्षयरोगीः वर्ष दिनमा ९२ जनाको मृत्यु
+
-

पोखरा – गण्डकी प्रदेशमा यो वर्ष १ हजार २५६ जना क्षयरोगका बिरामी थपिएका छन्। साउनयता ४६५ महिला र ७९१ पुरुष गरी क्षयरोगका बिरामी थपिएका हुन्।

गण्डकीकै सबैभन्दा धेरै कास्कीमा ३०६ जना बिरामी फेला परेका छन्। सबैभन्दा कम मनाङका ३ र मुस्ताङका ४ जना बिरामी भेटिएको क्षयरोग उपचार केन्द्र पोखराले जनाएको छ।

नवलपुरमा २९१, स्याङ्जामा १५२, तनहुँमा १५०, बाग्लुङमा १२३, गोरखामा १०३, लमजुङमा ४८, पर्वतमा ४३ र म्याग्दीमा ३३ जना नयाँ बिरामी फेला परेको छ।
गत आर्थिक वर्ष गण्डकीमा २ हजार ४४७ क्षयरोगका बिरामी फेला परेका थिए। जसमध्ये ९२ जनाको मृत्यु भयो।
गण्डकीमा गत वर्ष ५ हजार ६७७ जना बिरामीलाई उपचार सेवामा ल्याउने लक्ष्य थियो। संक्रमित पत्ता लगाउन पनि ४३.०७ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ।

क्षयरोगीको संख्या बढी भए पनि स्वास्थ्य संस्थामा आउन आनाकानी गर्ने प्रदेश क्षयरोग कार्यक्रम संयोजक राजेशकुमार यादवले बताए।

उनले भने, ‘बिरामीले टिभी छ भनेर पत्याउनुहुन्न। एक हप्ता औषधि खाएर छाड्ने बिरामी पनि भेटिन्छन्। नकारात्मक सोच्छन् भनेर धेरै खुल्न चाहानुहुन्न।’

क्षयरोग एक सरुवा रोग हो। जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्छ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ। एक जना क्षयरोगीले वर्षदिनमा १५ जनालाई सार्ने चिकित्स बताउँछन्। क्षयरोगको उपचारका लागि गण्डकीमा ७४९ डट्स केन्द्र छ। बहुऔषधि प्रतिरोध बिरामीको संख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष