महिला नेतृत्व शिखर सम्मेलन सुरु (तस्बिरहरु)

महिला नेतृत्व शिखर सम्मेलन सुरु (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल उद्योग परिसंघको आयोजनामा महिला नेतृत्व शिखर सम्मेलन (वुमेन्स लिडरसिप समिट २३) सुरु भएको छ।

परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा शनिबारदेखि काठमाडौँमा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार महिला नेतृत्व विकासका लागि गम्भीर रहेको बताएका थिए। महिला शक्ति र निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

यस्तै, नेपाली कांग्रेसका नेता एवं नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले मुलुकका विभिन्न कालखण्डका आन्दोलनमा महिलाको सहभागिता महत्त्वपूर्ण भूमिका रहेको बताए। मुलुकले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला पाइसकेको सन्दर्भ जोड्दै राजनीति र अन्य नेतृत्वमा महिला सहभागिता अझै बढ्नुपर्ने बताए।

भोलिसम्म चल्ने सम्मेलनमा महिला सहभागिता र नेतृत्वमाथिका विभिन्न कार्यपत्रमा छलफल हुनेछ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग परिसंघ महिला मञ्चकी प्रमुख छाया शर्मा, एडीबीका नेपाल प्रमुख अर्नौड काउकोइस, भारतका पूर्व रेलमन्त्री सुरेश प्रभुलगायतले महिला नेतृत्व र क्षमता बढाउनेबारे धारणा राखेका थिए।   

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष