जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्छः गगन थापा

जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्छः गगन थापा
+
-

बुटवल–  कांग्रेस महामन्त्री गगन थापाले जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्ने बताएका छन्।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले जनताले राहत महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। नेता थापाले भने, ‘कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन। जनतालाई सरकारले राहतको महसुस गराउनुपर्छ।

एक महिनापछि अवस्था केही भए पनि ठीक भयो भन्ने सन्देश दिनुपर्छ।’ कांग्रेस सरकारमा सहभागी भएको र कतिपय प्रदेश सरकारको नेतृत्वमा समेत रहेकोले आफू अहिले कसैको टिप्पणी गर्नेतर्फ नलाग्ने उनको भनाइ छ। उनले सरकारमा जानेभन्दा बढी आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने रहेको बताए।

‘साथीहरू भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाई कसैले बोलाएर सरकारमा जानेबारे केही भनेको छैन। मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन। मैले जे पाएको छु, लडेर पाएको छु। साथीहरुको माया र शुभेच्छाले अगाडी बढेको छु’, उनले भने।

उनले ८ लाख पार्टी सदस्य भएको र ३ सय वटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने बताए। उनले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए। उनले २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?