
काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
आइजी कुँवरले दर्ज्यानी चिन्हपश्चात् गाडी पूजा पनि गरेका थिए।
तस्बिरहरू हेर्नूहाेस् :

गृहसचिव विनोदप्रकाश सिंहद्वारा दर्ज्यानी चिन्ह लगाउँदै नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर। तस्बिर: बर्षा शाह/देशसञ्चार।

गृहसचिव विनोदप्रकाश सिंह।तस्बिर: बर्षा शाह।देशसञ्चार।