खुमैंडाँडामा कार्यपालिका बैठक, उठ्यो जलवायु परिवर्तनको सवाल

खुमैंडाँडामा कार्यपालिका बैठक, उठ्यो जलवायु परिवर्तनको सवाल
+
-

पोखरा – माछापुच्छ्रे ट्रेलअन्तर्गत पर्ने खुमैडाँडामा पदयात्री चाप थेगिनसक्नु छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ खुमैडाँडा थुप्रै तन्नेरीहरुको रोजाइमा परेको गन्तव्य हो।

दसैंपछि भाइरल गन्तव्यको उपमा पाएको खुमैडाँडा पुगेर दैनिक ३ सय जनासम्म माछापुच्छ्रेको काखमै हराउन आतुर भेटिन्छन्। शुक्रबार र शनिबार त झनै पर्यटकको भीड थामिनसक्नु हुन्छ।

पदयात्रीको चाप एकाएक बढेपछि सरीपाखा–खुमैडाँडा–कोर्चाङ पदयात्राका पर्यटन व्यवसायीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे छ।

पर्यटनमा लय समात्न थालेको खुमैडाँडाको ब्राण्डिङमा सघाउन माछापुच्छ्रे गाउँपालिकाको कार्यपालिका बैठक त्यहीँ पुगेर बसेको छ। ३ हजार २९० मिटर उचाइमा रहेको खुमैंडाँडामा शनिबार माछापुच्छ्रे गाउँपालिकाको १६ औं कार्यपालिका बैठक बस्यो।

बैठकले सरीपाखा–खुमै पदमार्गलाई माछापुच्छ्रेको नयाँ पर्यटकीय पदमार्गका रुपमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता गणेश आचार्यले बताए। ‘खुमैंलाई कसरी पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भनेर गाउँपालिकाले जोड दिएको छ। कसरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर करको दायरामा कसरी ल्याउन सकिन्छ, कसरी यहाँको विकास गर्न सकिन्छ त्यसबारे अध्ययन गर्ने निर्णय भएको छ,’ उनले भने।

बैठकमा जलवायु परिवर्तन र कार्बन उत्सर्जनको विषयले पनि प्रवेश पायो। जलवायु परिवर्तनले हिमाली भेगका स्थानीयको जनजीवन प्रभावित बनाएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र नेपाल सरकारलाई ध्यानाकर्षण गराउने भएको छ। प्राकृतिक विपत्तिसँगै स्थानीयको जनजीवन प्रभावित पारेकाले ध्यानकर्षण गराउने निर्णय गरेको आचार्यले जानकारी दिए।

माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले जलवायु परिवर्तनले पुर्‍याइरहेको असर र कार्बन उत्सर्जन कम गरेवापत नेपालले पाउने अनुदान माछापुच्छ्रे गाउँपालिकाले पनि पाउनुपर्ने प्रस्ताव प्रस्ताव राखे। ‘हिमाल रहे पो हाम्रो जीवन रहन्छ। पर्यटन रहन्छ। यसलाई बचाउनुपर्छ कि पर्दैन?,’ उनले भने, ‘हाम्रो त पालिकाको नामै हिमालबाट राखिएको छ।’ माछापुच्छ्रे गाउँपालिकाको पहिचान हिमाल भएकाले जोगाउन लाग्नुपर्ने उनको भनाइ छ।

बैठकले विद्यार्थी संख्या निकै कम भएका सामुदायिक विद्यालयलाई मर्ज गर्ने निर्णय पनि गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?