
काठमाडौँ – विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडित र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीबीच खुलामञ्चको गेटमा धकेलाधकेल भएको छ।
सोमबार विरोध प्रदर्शनका क्रममा खुलामञ्च प्रवेश गर्न खोजेका उनीहरुलाई नगर प्रहरीले रोकेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।
नगर प्रहरीले रोके पनि उनीहरु जबरजस्ती खुलामञ्च प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो। खुलामञ्च प्रवेशमा रोग लगाएपछि उनीहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन्।
अहिले उनीहरु वीर अस्पताल अगाडिको खुलामञ्चको गेटबाहिरै बसेर नाराबाजी गरिरहेका छन्।