मानसिक स्वास्थ्यका लागि मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली

मानसिक स्वास्थ्यका लागि मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली
+
-

मनोविज्ञान विषयक विद्यार्थी, केही समयदेखि मानसिक स्वास्थ्यका लागि मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली विषयमा नै केन्द्रित रहेर खोज गरिरहेकी थिएँ। सकेसम्म विषयबस्तु केन्द्रित जानकारीहरु संकलनमा लागेकी म, आफ्ना खोजका असरल्ल संकलनहरुमा मेरी ‘पब्लिक हेल्थ’ पढ्दै गरेकी बहिनीले बडो आश्चर्य र चाखलाग्दो भावमा हेरिरहेकी मलाई देख्नासाथ झस्केकी थिई मलीन अनुहारका भावसहित आश्चर्य मान्दै ‘साइकोलोजिकल इम्युन सिस्टम’ (मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली) यस्तो पनि हुने रहेछ है भन्दै सोधेकी थिइन्। ‘पब्लिक हेल्थ’ पढ्दै गरेकी बहिनीसमेत मूलभूत स्वास्थ्यका पक्षहरुमा जानकार नभएको देख्दा मनमा अमिलोचाहिँ महसुस गरेकी थिएँ मैले। त्यही बेला मेरी बहिनी लगायत सबैमा सुसूचित गराउने जिम्मेवारीपनको अनुभूति पनि गरे। म आशा राख्दछु, यो जानकारी सबैमा महत्वपूर्ण, चाखलाग्दो हुने छ। त्यो भन्दा बढी जिवनोपयोगी बन्ने छ।

स्वास्थ्यको मूलधारभित्र शारीरिक स्वास्थ्यमात्र नभई मानसिक, सामाजिक र आध्यात्मिक तवरले समेत स्वास्थ्य रहनुलाई ब्यक्तिको समग्र स्वास्थ्य मानिन्छ। अब जसरी व्यक्तिको शरिरमा रोग प्रतिरोधात्मक प्रणाली हुन्छ र यो प्रणालीले व्यक्तिलाई आन्तरिक तथा बाह्य तवरले रोग लाग्नबाट जोगाउँदछ, त्यसै गरी व्यक्तिको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यका लागि मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीको आवश्यकता पर्छ जसले व्यक्तिको भावनात्मक, संज्ञानात्मक र ब्यवाहारिक तवरले आइपर्ने नकारात्मक समस्याहरुबाट जोगाउँछ। यसलाई हामी यसरी पनि बुझ्न सक्छौँ, व्यक्तिको मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीमा ह्रास आएमा उसलाई विविध किसिमका मानसिक तथा मनोवैज्ञानिक समस्याहरु देखा पर्ने हुन्छ- उदाहरणका लागि ब्यक्तिमा पिरचिन्ता हुनु, हतास लाग्नु, नैराश्य लाग्नु वा वैरागी भावको उजागर हुनु, आत्मसम्मान नहुनु, जीवनप्रतिको मोह मरेर जानु, आफूमा दोषी तथा हीनता बढेर जानु, जे कुरा बिग्रिए पनि आफ्नै कारणले बिग्रेको भन्ठान्नु, डर र चिन्ता हुनु, विविध किसिमका शारीरिक समस्याहरु देखिनु तर नियमित उपचारले सन्चो नहुनु तथा कडा किसिमका मानसिक समस्याहरु लाग्नु। जसमा उच्च मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली छ, ती व्यक्तिहरु मानसिक तवरले स्वस्थ रहनुका साथै जीवनका सकारात्मक पाटाहरु पहिल्याउन सक्ने र चुनौतीहरुलाई सकारात्मक तवरले सामना गर्दै चुनौतीलाई अवसरसँग मिलान गर्न सक्ने क्षमता राख्छन्। यसलाई अझ अर्को शब्दमा भन्नु पर्दा असफलताहरुलाई स्वीकार गर्दै सफलताका लागि प्रयत्नशील हुन्छन् र सफल बन्दछन्। तसर्थ व्यक्तिको मन र शरीरबीच तादाम्य सम्बन्ध छ र एक पक्षले अर्को पक्षलाई प्रत्यक्ष प्रभाव पार्दछ भन्ने कुरा सम्झनुपर्दछ।

व्यक्तिको मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीलाई हामीले निम्न तीन उपसमूहहरुमा विभाजन गरी यसको गहिराइ बुझ्न सकिन्छ।

व्यक्तिको स्वयं आफू र अरुप्रतिको दृष्टिकोण अथवा विश्वास

व्यक्तिको संज्ञानले कार्यान्वयन गर्न सक्ने क्षमताको अनुगमन

र, स्वनियमन

व्यक्तिको स्वयं आफू र अरुप्रतिको दृष्टिकोण अथवा विश्वास भन्नाले व्यक्तिले स्वयं आफू र अरुलाई कुन तरिकाले मूल्याङ्कन गर्छ भन्ने कुरामा केन्द्रित हुन्छ। त्यस्तो मूल्याङ्कन सकारात्मक, समाधानयुक्त तथा सुधारयोग्य र अर्थपूर्ण छ या त व्यक्तिको त्यो दृष्टिकोण र विश्वास नकारात्मक, अराजक र चुनौतीपूर्ण छ भन्ने थाहा पाउन जरुरी हुन्छ। यदि व्यक्तिको माथि भनेजस्तो सकारात्मक सोचाइ राख्ने, अर्थपूर्ण र समाधानयुक्त तथा सुधारयोग्य मनोवृत्ति राख्ने व्यक्तिहरुमा उच्च मनोवैज्ञानिक प्रतिरक्षा प्रणाली हुन्छ जस अन्तर्गत व्यक्तिहरुमा निम्न किसिमका उच्च मनोवैज्ञानिक प्रतिरक्षा प्रणालीका उच्च मनोवृत्तिहरु हुन्छन्। व्यक्तिहरु भावनात्मक हिसाबमा स्वनियन्त्रित हुन्छन्, सुसंगतताको भावना तथा अनुभूति हुन्छ, सकारात्मक सोचाइ राख्ने, व्यक्तिगत विकास बृद्धिमा विश्वास राख्ने प्रवृत्ति हुन्छ।

त्यसैगरी व्यक्तिको स्वयं वा वरिपरिको वातावरणप्रति सिर्जनात्मक अनुगमन तथा योजना कार्यन्वयन गर्न सक्ने विश्वास जसले आफू स्वयंभित्र वा बाहिरी वातावरणमा भएका सकारात्मक तथा नकारात्मक अथमा सवल पक्ष तथा कमजोरीहरुसँग सम्वन्धित जानकारीहरु खोजी गर्ने, आत्मसात गर्ने कामको सुरुवात गर्छ साथै चुनौती र नयाँ अनुभवका लागि भौतिक, सामाजिक र आन्तरिक मनोवैज्ञानिक वातावरणको खोजलाई उत्प्रेरित गर्ने र सम्भावनाको सिर्जनामा गर्ने कार्यमा तल्लीन हुन्छ। यस अन्तर्गत व्यक्तिका निम्न उच्च किसिमका मनोवैज्ञानिक मनोवृत्तिहरु सामेल हुन्छन् जुन यस प्रकार छन्। आफ्नो बारेमा सिर्जनात्मक स्वधारण, प्रभावकारी ढङ्गबाट कार्य गर्नसक्ने क्षमता, लक्ष्य पहिल्याउन सक्ने क्षमता तथा मानसिकता, जीवनमा आइपर्ने परिवर्तन र चुनौतीहरुसँग परिचित, समाज परिचालन गर्न र सामाजिक हिसाबमा निर्माण र निर्णय गर्न सक्ने क्षमता आदि व्यक्तिका उच्च मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीहरु हुन्।

व्यक्तिमा मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली उच्च भएमा उनीहरुको जीवनमा आइपर्ने चुनौतीहरुलाई सहजै सामना (जस्तो भावनात्मक तथा संबेगात्मक आवेगहरुमा नियन्त्रण, जीवनमा आईपर्ने आघातजन्य घटनाहरुबाट विचलित नहुन र कार्यस्थलमा हुने द्वन्द्वको ब्यवस्थापन तथा समाधान, सम्बन्धहरुमा हुने समस्याको ब्यवस्थापन, प्रभावकारी तरिकाले व्यक्तिसँग सञ्चार गर्न सक्नु) गरी प्रभावकारी जीवनयापनमा केन्द्रित हुनेछन्।

तेस्रोमा व्यक्तिका आफ्ना स्वनियमनहरु पर्दछन् जसले व्यक्तिको आन्तरिक भावनात्मक जीवनलाई स्थीर गरेर माथिका दुई प्रणालीहरुको कार्यलाई सुनिश्चित गर्ने कार्य गर्दछ जसअन्तर्गत निम्न उच्च मनोवृत्तिहरु पर्छन्।

समक्रमिकता (synchronicity) ले व्यक्तिको जीवनमा आईपर्ने एकपछि अर्को वा एकैपटक आईपर्ने घटनाहरुबाट समालिँदै जीवनलाई अगाडि बढाउने कुराको सुनिश्चित गर्दछ, व्यक्तिको आवेगमा भावना र चिड्चिडाहटपनाको नियन्त्रणमा मूलभूत भूमिका खेल्दछ।

अब हामीहरुलाई यो प्रश्न आउन सक्दछ कि, यो मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीलाई कसरी बृद्धि सकिन्छ त यस बारेमा थुप्रै अध्ययन तथा अनुसन्धान भएका छन् र ती अनुसन्धानले व्यक्तिमा भएको मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीलाई बढाउन वा सबल बनाउन सकिन्छ भनी प्रमाणित पनि गरेका छन्। जस्तो कि कग्नेटिभ बिहेबियरल थेरापी, क्लाइन्ट सेन्टर्ड थेरापी, फ्यामेली थेरापी, पोजेटिभ साइकोलोजिकल इन्टरभेन्सन र अरु थुप्रै मनोबैज्ञानिक थेरापी र विज्ञको सहयोग र माइन्डफुलनेसको नियमित अभ्यासले आदि। अध्ययनले यो कुरा पनि प्रमाणित गरेको छ कि, यदि व्यक्तिमा मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली उच्च भएमा उनीहरुको जीवनमा आइपर्ने चुनौतीहरुलाई सहजै सामना (जस्तो भावनात्मक तथा संबेगात्मक आवेगहरुमा नियन्त्रण, जीवनमा आईपर्ने आघातजन्य घटनाहरुबाट विचलित नहुन र कार्यस्थलमा हुने द्वन्द्वको ब्यवस्थापन तथा समाधान, सम्बन्धहरुमा हुने समस्याको ब्यवस्थापन, प्रभावकारी तरिकाले व्यक्तिसँग सञ्चार गर्न सक्नु) गरी प्रभावकारी जीवनयापनमा केन्द्रित हुनेछन्। यसको साथै उच्च मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली भएका व्यक्तिहरुमा पूर्वअवस्था ग्रहण गर्न सक्ने क्षमता बढी हुनुका साथै दैनिक जीवनमा आइपर्ने चिन्ताजन्य स्थितिहरुबाट विचलित हुँदैनन्।

मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीलाई आन्तरिक तथा बाह्य रुपमा विविध पक्षहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव परिरहेका हुन्छन्। आन्तरिक पक्षहरुमा, बंशाणु गुण, व्यक्तिको व्यक्तित्वका विषेशताहरु र संज्ञानात्मक प्रकृयाहरुले व्यक्तिमा सवल सक्षम क्षमताहरु निर्माण गर्ने या त मनोवैज्ञानिक तवरले कमजोर मनोवृत्तिको विकास गर्ने कुरा निर्धारण गर्दछ। यसै गरी आन्तरिक पक्षहरुमा व्यक्तिहरुको सामाजिक सहयोग सञ्जाल प्रणाली, जीवनमा आइपर्ने घटनाहरु र अरु थुप्रै वातावरणीय पक्षहरु (सामाजिक,आर्थिक र राजनीतिक) ले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणालीलाई सारांशमा भन्नु पर्दा, यो व्यक्तिको आन्तरिक तथा बाह्य कारकहरुको जटिल अन्तरक्रियाबाट प्रभावित हुन्छ र यी कारकहरुलाई बिज्ञहरुले बुझ्न व्यक्तिको मनोवैज्ञानिक सुस्वास्थ्यता र पूर्वअवस्था ग्रहण गर्न व्यक्तिले प्रयोग गर्ने रणनीतिहरुलाई बुझ्न आवश्यक छ। त्यसैले शारिरिक तथा मानसिक तवरले सन्तुलित स्वस्थ जीवनयापन गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसले व्यक्तिको निम्नलिखत आधारभूत पक्षहरुलाई चलायमान राख्दछ। व्यक्तिको पूर्वअवस्था ग्रहण गर्न सक्ने क्षमता, आफू र अरुप्रति सकारात्मक आवेग तथा संवेगहरु, संज्ञानको पुर्नसंरचना, आत्मविश्वासमा बृद्धि र जीवनप्रति आशावादी दृष्टिकोण।

(भण्डारी मनोभाव मनोवैज्ञानिक सेवा तथा अनुसन्धान केन्द्रसँग सम्बद्ध छिन्।)  

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?