नेपालले लाओसलाई हराएको क्षण (तस्बिरहरु)

नेपालले लाओसलाई हराएको क्षण (तस्बिरहरु)
+
-

काठमाडाैँ – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले लाओसलाई पराजित गर्दै शुक्रबार उपाधि चुमेको छ। नेपाल २–१ ले लाओसलाई हराउँदै विजेता बन्न सफल भएको हो।

फाइनलमा लाओस विरुद्ध बराबरी गोल गरेका आयुष घलानले प्लेमेकरका रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतिस्पर्धात्मक बनेको फाइनलमा नेपालले लाओसलाई २–१ ले पराजित गर्दै उपाधि जित्दा घलानले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई १ गोलले पछि परेको अवस्था उल्टाउँदै बराबरी गोल गरेका थिए। उनले अघिल्ला दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष डाँगी भने फाइनल खेलको म्यान अफ द म्याच घोषित भएका थिए।

प्रतियोगिताको विजेता नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा दोस्रो बनेको लाओसले ३ हजार डलर प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका आयुष घलानले ५ सय अमेरिकी डलर हात पारे।

प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा समय दशरथ रंगशालामा बसेर खेल हेरेका थिए। उनले खेलपछि विजेता टोली तथा खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए।

देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहले खिचेका फाइनल खेल तथा पुरस्कार वितरण समारोहका केही तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष