पोखरामा ट्रायथलन

नेशनल च्याम्यिनसिपको उपाधि वसन्त र श्रेवीलाई

नेशनल च्याम्यिनसिपको उपाधि वसन्त र श्रेवीलाई
+
-

पोखरा – नेपाल ट्रायथलन संघको आयोजनामा भएको एशियन ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिपमा भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन्।

एशिया कप, साउथ एसियन च्याम्पियनसिप, जुनियर च्याम्यिनसिप र नेशनल च्याम्पियनसिप गरेर ४ विधामा प्रतिस्पर्धा भएको थियो। शनिबार पोखरामा भएको प्रतिस्पर्धामा भारतीय खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।

तेस्रो एशिया ट्रायथोलन कपको स्प्रिन्ट विधामा पुरुषतर्फको उपाधि लक्जम्बर्गका बब हलेरले जितेका छन्। ५५ मिनेट ५५ सेकेण्डमा ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड पूरा गर्दै उनी च्याम्पियन बने।

उज्वेकिस्तानका अलेक्सान्डर कुरिसभ ५५ मिनेट ५७ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए। लक्जम्बर्गका स्टेफन जेचसले ५६ मिनेट १ सेकेण्डमा पार गरेर तेस्रो भए।

फेवातालमा भएको प्रतियोगितामा पुरुषतर्फ नेपालसँगै लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका ४७ खेलाडी प्रतिस्पर्धामा थिए।

साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतका आदर्श सिनिमलले उपाधि जिते। साउथ एशियन ट्रायथोलनमा भारतीय खेलाडीले वर्चस्व कायम भयो। भारतकै विश्वनाथ यादव दोस्रो र नेपालका वसन्त थारु तेस्रो भए।

जुनियरतर्फको प्रतिस्पर्धामा विजेतासँगै दोस्रो र तेस्रो भारतीय खेलाडी भए। खुन्द्राकपाम नाङ्बा विजेता, पार्थ मिराज दोस्रो र सिदार्थ सुधिरले तेस्रो स्थान हासिल गरे।

राष्ट्रियतर्फ वसन्त थारु विजेता हुँदा दिपेश चौधरी दोस्रो र मौलिक महर्जन तेस्रो भए।

तेस्रो एशिया ट्रायथोलन कप महिलातर्फको प्रतिस्पर्धामा स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ४ मिनेट ५१ सेकेण्डको समयमा पूरा गर्दै च्याम्पियन बनिन्।

जापानकी मिनोरी इकिनोले १ घण्टा ५ मिनेट १८ सेकेण्डमा पूरा गर्दै दोस्रो हुँदा जापानकै चिसातो नाकाजिमाले १ घण्टा ५ मिनेट ३० सेकेण्ड समयमा पौडी, साइक्लिङ र दौड पूरा गरेर तेस्रो स्थान हासिल गरेकी छन्।

महिलातर्फको साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतकी प्रज्ञा मोहनले उपाधि रक्षा गरिन्। भारतकै मान्सी मोहिते दोस्रो र नेपालकी श्रेबी महर्जनले तेस्रो स्थान प्राप्त गरेकी छन्।

जुनियर महिलातर्फ भारतकी सजनासुनिल जोशी विजेता भइन्। नेपालकी श्रेवी महर्जन दोस्रो र भारतकी देविका शर्माले तेस्रो स्थान हासिल गरिन्।

राष्ट्रिय महिलातर्फ श्रेवी महर्जन विजेता हुँदा केशरी थापा मगर दोस्रो भइन्।

महिलातर्फ नेपालसँगै जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेको गरेका थिए।

ट्रायथोलनमा महिला/पुरुषतर्फ उपाधि विजेताले ६३० डलरको साथमा मेडल, प्रमाणपत्र प्राप्त गरे। दोस्रो हुनेले ५२५ डलर, तेस्रो हुनेले ४२० डलर पाए। आइतबार दुवाथलनको प्रतिस्पर्धा हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?