पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक हटाउन मगर संघको माग

पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक हटाउन मगर संघको माग
+
-

पोखरा – नेपाल मगर संघ गण्डकी प्रदेश समितिले पृथ्वीचोकमा सहिद लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायण शाहको प्रतिमा तत्काल हटाउन माग गरेको छ। लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायण शाहको प्रतिमा नहटाए द्वन्द्व निम्तिने चेतावनीसमेत संघले दिएको छ।

मगर संघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवशेनले ६ बुँदे घोषणापत्र जारी गर्दै सालिक हटाउनेसँगै गण्डकी प्रदेशको नामरणमा पनि आपत्ति जनाएको छ। प्रदेशको नाम राखेको झन्डै ५ वर्षपछि मगर संघले आपत्ति जनाएको हो।

लखन थापा र पृथ्वीनारायण शाहको शालिकसँगै राखेर अपमान गर्न खोजिएको घोषणापत्रमा उल्लेख छ। मगर संघले छ, ‘नेपालको प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिकलाई विस्थापित गर्ने षडयन्त्रका साथ राखिएको पृथ्वीनारायण शाहको सालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ।’

एकैठाउँमा दुई जनाको शालिक राख्दा अपमान भइरहेको मगर संघ गण्डकी अध्यक्ष तारामाया थापा मगरले बताइन्। ‘लखन थापाको खुट्टामा पृथ्वीनारायण शाह हुनुहुन्छ। उहाँलाई पनि अपमानजनक भइराख्याछ’, उनले भनिन्, ‘एक खालको भ्रम फैलिरहेको छ। जातीय द्वन्द्व हुने हो कि? राजनीतिकरण हुने हो कि भन्ने सन्देश गइरहेको छ।’

गएको राष्ट्रिय एकता दिवसको दिन राप्रपाले लखन थापाको शालिकसँगै पृथ्वीनारायाण शाहको प्रतिमा राखेको थियो।

२०६२/०६३ को जनआन्दोलनमा पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक फोडिएको हो। त्यतिबेला आन्दोलनकारीले राजतन्त्रविरूद्धको नारा लगाउँदै शालिक फोडेर शहिद लखन थापाको शालिक राखेका हुन्। चोकको नामसमेत फेरेर लखन चोक राखिएको थियो।

गण्डकी प्रदेश सरकारको सरकारी कामकाजमा मगर ढुट भाषालाई कार्यन्वयन गर्न संघले माग गरेको छ। शनिबार भएको दोस्रो अधिवेशनले तारामाया थापा मगरको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। ५ सदस्य मनोनित गरेर ४१ सदस्यीय कार्य समितिलाई पूर्णता दिने संघले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?