कांग्रेसका गोविन्द भट्टराईले दर्ता गराए उम्मेदवारी

कांग्रेसका गोविन्द भट्टराईले दर्ता गराए उम्मेदवारी
+
-

पोखरा – तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराइले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा श्यामकुमार मौरती र समर्थकमा सरिता गुरुङ छन्।

कांग्रेसले उम्मेदवारी दर्ताअघि दमौलीमा कोणसभा गरेको थियो। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईको उम्मेदवारी दर्ताका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा दमौली आएका छन्। मनोनयन दर्ताका लागि कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलगायतका नेता उपस्थित छन्।

गोविन्द भट्टराई २०७४ मा तनहुँ १ (क)मा एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए। गुरुङले १८ हजार २६५ मत ल्याएर जित दर्ता गराउँदा भट्टराईले १६ हजार ८७८ मत ल्याएर पराजित भए।

उनी मंसिर ४ को निर्वाचनमा पनि आकंक्षी थिए। रामचन्द्र पौडेलले टिकट पाएपछि बागी उम्मेदवारी दर्ता गराउने तयारीमा थिए। कांग्रेस केन्द्रीय पदाधिकारी र राष्ट्रियसभामा लैजाने आश्वासन पाएपछि उम्मेदवारी दर्ता गराउनबाट पछाडि हटेका भट्टराईले पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उपनिर्वाचन लड्न टिकट पाएका छन्। उपनिर्वाचन लड्नलाई १२ जनाले इच्छा राखेका थिए।

यसअगावै नेकपा एमालेका सर्वेन्द्र खनालसँगै राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले उम्मेदवारी दर्ता गराइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?