
काठमाडौँ – विभिन्न जिल्लाहरुबाट काठमाडौँ आएका मिटरब्याज पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
नवलपरासी, सप्तरी, सर्लाहीलगायत तराईका जिल्लाहरुबाट काठमाडौँ आएका उनीहरुले सोमबार प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरुले सिंहदरबारअगाडि कार्यक्रम गरेका छन्।
यसअघि शनिबार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो। सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।