
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साथमा राखेर स्वर्णिम वाग्लेले तनहुँ १ मा उम्मेदवारी दर्ता गराएका छन्।
उनको प्रस्तावकमा नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बाँस्तोला रहेका छन्। उनले गत स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तृष्टि जनाउँदै कांग्रेस परित्याग गरेका थिए। हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा खुलेका छन्।
वाग्लेको उम्मेदवारीमा डा. रुपक घिमिरे समर्थक छन्। राष्ट्रिय स्वतन्त्र पार्टी मंसिर ४ को निर्वाचनमा चौंथो पार्टी बनेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए।
कांग्रेसको गढ तनहुँ–१ मा वैशाख १० मा हुने उपनिर्वाचन लड्नलाई स्वर्णिम केही दिन अगाडि मात्रै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका हुन्।