गण्डकीका स्रष्टाले एक लाखसम्मको निःशुल्क उपचार पाउने

गण्डकीका स्रष्टाले एक लाखसम्मको निःशुल्क उपचार पाउने
+
-

पोखरा – कला साहित्यमा साधना गरिरहेका अधिकांश स्रस्टाको एउटै गुनासो हुन्छ, ‘राज्यले सुख–दुःखमा हेरेन।’ स्रष्टाका त्यही गुनासोको सम्बोधन गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानले स्रष्टा स्वास्थ्य बिमा कार्यक्रम थालेको छ।

संस्कृति, कला, साहित्य, भाषा, संगीत, नाट्य, चित्रकला, मूर्तिकलालगायत क्षेत्रमा विशिष्ट योगदान पुर् याएका स्रष्टाका लागि प्रतिष्ठानले स्वास्थ्य बिमा गर्न थालेको हो।

यो आर्थिक वर्षमा २०० स्रष्टाको स्वास्थ्य बिमा हुनेछ। प्रतिष्ठानले स्वास्थ्य बिमामा आबद्ध हुन इच्छुक स्रष्टालाई आवेदन दिन सूचना जारी गरेको थियो। ५ सय बढी स्रष्टाले आवदेन दिएका छन्। स्वास्थ्य बिमा गरिदिन स्रष्टाको छनोट गर्न प्रतिष्ठानले कार्यविधि र समिति बनाएको छ।

छनोट भएका स्रष्टाको १ वर्षका लागि निःशुल्क स्वास्थ्य बिमा हुनेछ। प्रतिष्ठानले ३ हजार रुपैयाँ तिरेर गरेको स्वास्थ्य बिमाले स्रष्टा परिवारका ५ जनाले उपचार सेवा लिन सक्नेछन्।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार तनहुँका चन्द्रमणि अधिकारी र कास्कीका समर गायकलाई फाइल हस्तान्तरण गर्दै स्रष्टा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरे। दुःख–सुखमा राज्यले साथ दिन्छ भनेर अनुभूति दिलाउन सुरु स्वास्थ्य बिमाले स्रष्टालाई हौसाएको छ।

सरकारले गर्नुपर्ने काम प्रज्ञाप्रतिष्ठानले गरेको कास्कीका गायक सम्मर गायकले बताए।

‘रोग लागेपछि उपचार नपाउने हुन्छ। कतिपय कलाकार उपचार नपाएर बाँचेका छन्’, उनले भने।
कलाकर्मी अर्थोपार्जनभन्दा शब्दको पछाडि लाग्ने भएकाले आर्थिक रूपमा अभाव हुने तनहुँका साहित्यकार चन्द्रमणि अधिकारी बताउँछन्।

‘स्वास्थ्य विमको कार्यक्रमले साहित्यकारमा हौसला थपेको छ’, उनले भने। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले स्रष्टाको आर्थिक अवस्था, लगाव, सिर्जनको प्रभावका आधारमा छनोट गरेर स्वास्थ्य विमा कार्यक्रममा समावेश गरिनेछ।

आगामी वर्ष थप स्रष्टाको बिमा गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना प्रतिष्ठानको छ। ‘गतवर्ष एक जना वरिष्ठ सर्जकको निधन भयो। निधन हुनुभन्दा अगाडि उहाँ बेडमा पर्दाखेरि सहयोग माग्न आउनुभएको थियो। दुर्भाग्य हामीसँग कुनैपनि शिर्षकमा बजेट थिएन’, उनले भने, ‘पछाडि हामीले खल्तीबाट सहयोग ग¥यौं। त्यो कुराले हामीलाई टच गरेपछि स्रष्टा स्वास्थ्य विमा कार्यक्रमको अवधारणा ल्यायौं।’

प्रतिष्ठानले ‘गण्डकी प्रतिभा उपचार कोष’ को अवधारणा पनि ल्याएको छ। बुधबार प्रतिष्ठानले स्रष्टा स्वास्थ्य विमा शुभारम्भसँगै गण्डकी नाट्य दर्पणको पुस्तक विमोचन गरेको छ।

परम्परागत गीत र स्रष्टा वायोग्राफी पनि विमोचन भएको छ। सँगै प्रतिष्ठानले गरेको सारंगी वादन प्रशिक्षणको उद्घाटन भएको छ। मुख्यमन्त्री खगराज अधिकारीसँगै उपस्थित अतिथिले सारंगी रेटेर प्रशिक्षणको उद्घाटन गरे। कार्यक्रममा मुख्यमन्त्री अधिकारी पनि साहित्यिक भावभंगीमै प्रस्तुत भए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष