कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह

कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह
+
-

काठमाडौँ – सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरे।

सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दैनिक ४० जनाभन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गरे। उनले भीडभाड नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।

उनले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिए पनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरे। उनले कोरोनाबाट बच्नको लागि कोभिड–१९ विरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे।

पछिल्लो समय बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि उनले बताए। उनले सरकारले संक्रमणको चापअनुसार स्वास्थ्य सेवा विस्तार गर्ने गरी निर्देशन दिइसकेको उल्लेख गरे।

उनले कोभिड १९ विरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताए। उनले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?