
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताए। ‘अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ,’ उनले भने, ‘त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण बच्नुपर्दछ।’
मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण केही दिन अझै बढ्ने भएकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ।
कोरोना भाइरसको सङ्क्रमण केही दिनयतादेखि उकालो लागेको छ। आज एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखापरेका छ। शून्यमा झरेको सङ्क्रमण नेपाल–भारत खुला सिमानाका कारणले संक्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको हो।