अस्पतालमा बल्ल आइपुुग्यो औषधि

अस्पतालमा बल्ल आइपुुग्यो औषधि
+
-

सिमकोट – जिल्ला अस्पतालमा बिरामीको उपचारका लागि अभाव भइरहेका बेला औषधि हवाईमार्गबाट ढुवानी भएर आइपुगेको छ। चालुु वर्षका लागि कर्णाली प्रदेशका दश वटै जिल्लामा औषधि खरिद गरेर ढुवानी गर्ने जिम्मा लिएको प्रदेश स्वास्थ्य औषधि व्यवस्थान केन्द्रले औषधि पठाएपछि तत्कालका लागि जिल्ला अस्पतालमा अत्यावश्यक औषधि आइपुुगेको हो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुुसार लामो समयदेखि अस्पतालमा औषधि अभाव रहँदै आएकामा केन्द्रले हवाईमार्गबाट औषधि ढुवानी गरेर पठाएपछि जिल्लामा औषधि आइपुुगेको हो।

औषधि सुर्खेतबाट नेपालगञ्जमा गाडीमा लगेर नेपालगञ्जबाट सिमकोट हवाईमार्गबाट आइपुुगेको हो। दुुई महिनादेखि अस्पतालमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको थियो।

उनले तत्कालका लागि ३१ प्याकेट २२ प्रकारका अत्याबश्यक औषधि आएकोले उपचारमा सहज भएको बताए। हाल जिल्लामा हवाई उडान सीमित हुने भएकाले स्थानीय प्रशासनको समन्वयमा निजी एयरलाइन्सबाट औषधि ढुवानी गर्न सकिएको हो।

अस्पतालबाट केन्द्रका लागि औषधि पठाइदिनका लागि पटक–पटक ताकेता गर्दा बल्ल केही औषधि आइपुुगेको र अब बाँकी औषधि पनि केन्द्रले चाँडै पठाउने प्रतिबद्धता ब्यक्त गरेको थियो।

यसअघि अस्पतालका लागि जिल्लामै औषधि खरिद तथा ढुवानीको बजेट व्यवस्था हुने गरेको भए पनि यस वर्ष केन्द्रले कर्णालीका दश वटै जिल्लाका औषधि खरिद तथा ढुवानीका व्यवस्था गरेको थियो।

त्यसैगरी अस्पताल विकास समितिले पनि फार्मेसीको लागि आवश्यक औषधि खरिद गरेर जिल्लामा हवाईमार्गबाट ढुवानी गरेर ल्याएको छ। यसले पनि अब बिरामीले निजी फार्मेसीको महँगो औषधि खरिद गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउनेछन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष