प्रकाशकीय

स्वागत २०८०

स्वागत २०८०
+
-

मुलुकको राजनीति र शासनका पात्रहरू सामाजिक सञ्जालमार्फत युद्धमा भिडेका छन्। नागरिकका आवाज सुनी त्यसलाई सामान्यतया: न्याय दिनुको साटो अर्काको गल्ती औँल्याउनु नै आफ्नो बचाउ भन्ने रणनीतिमा ‘नयाँ नेपाल’का हिजो र आजका शासकहरू लागिपरेका छन्।

जनताका नजरमा यी शासकहरू या प्रायः सबै दलका नेतृत्व असफल, जनसमस्याप्रति उदासीन मात्र हैन, केहीका नजरमा उनीहरू राष्ट्रद्रोहीसमेत बनेका छन्।

१५ वर्षको राजकीय उदासीनता या असफलता राष्ट्रको जीवनमा एउटा दुःखद चरण र प्रसंग हो तर त्यो राष्ट्रको स्थायी नियति हो भन्ने सोच त्यसबेला मात्र सही सावित हुन्छ, जब जनता सामूहिक रुपमा आफूलाई मौन, निरीह र इच्छाशक्तिविहीन भएको स्वीकार्छन् र आफ्नो सार्वभौम हैसियत तथा शासकलाई जवाफदेही बनाउने दायित्वबाट कायरताका साथ भाग्ने गर्छन्।

सञ्चार माध्यमका रुपमा हामीले शासकलाई मात्र होइन, मुलुकका लागि या पक्षमा जनतालाई खबरदारी गर्दै आएका छौँ। हामी देश र जनताको आवाज बन्ने प्रयासमा रहने छौँ सतत।

सञ्चार माध्यमका रुपमा हामीले शासकलाई मात्र होइन, मुलुकका लागि या पक्षमा जनतालाई खबरदारी गर्दै आएका छौँ। हामी देश र जनताको आवाज बन्ने प्रयासमा रहने छौँ सतत। प्रविधिको उपयोग व्यापक जनसमूहलाई सुसूचित गर्ने दायित्वबाट हामी अलग हुन सक्दैनौँ। त्यसलाई ध्यानमा राख्दै हामीले हाम्रो ‘डिजाइन’ तथा ‘फन्ट’ मा केही परिमार्जन गरेका छौँ ।

यो पाठकहरूको सुविधालाई ध्यानमा राखी गरिएको एउटा साधारण अभ्यास हो। त्योभन्दा बढी अपेक्षा हामीले पाठकहरूबाट राखेका छौँ।

प्राचीन नेपालको वर्तमान र भविष्य सम्मानित, गौरवशाली, समुन्नत राख्ने जिम्मेवारीमा हामी सबैको मार्गदर्शन, समर्पण र संलग्नताको अपेक्षा राख्दै छौँ । हाम्रो अस्तित्व र पेसागत धर्मको निर्वाहमा सहयोगी सवै पक्षबीच, सबैप्रति आभारका साथ वि.सं. २०८० ले मुलुकमा शान्ति, सहकार्य र मेलमिलापको वातावरण सिर्जना गरोस्, हामी सबैमा शुभकामना!

रवीनकुमार दाहाल

अध्यक्ष

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?