
सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरमा ५४१ जनाको आँखाको उपचार गरिएको छ। दुुई दिनसम्म सञ्चालन भएको शिविरमा आँखाको शल्यक्रियादेखि सामान्य उपचारसम्म गरिएको हो।
शिविरमा ६३ जना आँखाका बिरामीको मोतीबिन्दुुको सफल शल्यक्रिया गरिएको छ। गाउँपालिकास्तरमा आँखा शिविर सञ्चालन भएपछि ठूलो संख्यामा मोतीबिन्दुुका बिरामीको सफल शल्यक्रिया गरिएको हो।
गाउँपालिका अध्यक्ष लालकेश जैसीले बस्तीस्तरमा ६३ जना आँखाका बिरामीको मोतीबिन्दुुको सफल शल्यक्रिया गरिएको बताए।
दुुई दिनसम्म सञ्चालन भएको शिविरमा ५ सय ४१ जना आँखाका बिरामीको उपचार भएको हो। शिविरमा विशेषज्ञ चिकीत्सकबाट सेवा प्रदान गरिएको थियो। यसमा ४७८ जना सेवाग्राहीहरुको आँखाको चेकजाँच गर्ने कार्य भएको थियो।
आँखाको उपचारका लागि गाउँपालिकाका पाँच वटै वडाका बिरामीहरु गाउँपालिका केन्द्र छप्रेलामा उपस्थित भएर उपचार गर्नु भएको थियो। जसमा जम्मा उपचार गर्ने बिरामीहरुमा २०७ जना महिला र २६१ जना पुुरुष रहनु भएको थियो। कुल आँखाको उपचार गर्नेमध्ये १९० जनालाई आँखा चेकजाँचपछि चश्मा निःशुल्क वितरण गरिएको थियो।
शिविर सञ्चालनका लागि नेपाल नेत्र ज्योतिसंघ सुर्खेत, जर्मन कोप्रेशनको रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी हुम्ला, आँखा अस्पताल सुर्खेत र ताँजाकोट गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो।