
काठमाडौँ – भारतमा उपचाररत नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।
उनले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र छिट्टै नेपाल फर्किने बताएका छन्।
उनले भनेका छन्,’तपाईंहरुको माया, सद्भाव, प्रेम र प्रार्थनाको कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ। छिटै नै म तपाईंहरुसित उपस्थित भएर त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु र यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइतेका भण्डारीको मुम्बईको नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो।