
देश सञ्चार
बैशाख ७, २०८०

अ
+
अ
अ
-
जाजरकोट – रुकुम पश्चिम हुँदै डोल्पा जोड्ने भेरी नदीमाथि बनेको बेलिब्रिज पुल भाँचिदा ९ जना घाइते भएका छन्।
जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबिसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रिज भाँचिएको हो।
घाइतेहरुको उद्दार गरेर उपचारका लागि जाजरकोटको तल्लुस्थित प्रथामिक स्वास्थ्य केन्द्र (नलगाड अस्पताल) पठाइएको प्रहरीले जनाएको छ।

