मुख्यमन्त्री अधिकारीको सम्पत्तिः १५ लाख नगद, ३ तोला सुन

मुख्यमन्त्री अधिकारीको सम्पत्तिः १५ लाख नगद, ३ तोला सुन
+
-

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहण गरेको सय दिनपछि बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोगसम्बन्धी ऐनमा ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।
शनिबार मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत लिँदै छन्। उनको पक्षमा बहुमत सांसदले समर्थन नगर्ने पक्का छ। पद जाने बेलासम्म पनि सम्पत्ति विवरण नबुझाएकोमा आलोचना भएपछि मुख्यमन्त्री अधिकारीले जाने बेलामा सम्पत्ति विवरण गरेका हुन्।

मुख्यमन्त्री अधिकारीले जग्गा, सुन, बैंक मौज्दात, शेयर, गाडी सम्पत्ति विवरणमा खुलाएका छन्। पोखरा महानगरपालिका–१२ मा ६ आनामा बनेको २ करोड मूल्य पर्ने घर भएको सार्वजनिक सम्पत्ति विवरणमा छ। पैत्रिक सम्पत्ति बिक्रीबाट घर खरिद गरेको स्रोतमा उल्लेख छ। आमाको अंशबाट शेषपछि संयुक्त पुर्जा भएको पोखरा महानगरपालिका–३१ मा जग्गा रहेको उल्लेख छ। ८ ठाउँमा भएको जग्गा कति क्षेत्रफल हो स्पष्ट छैन।

स्वआर्जनबाट १५ लाख रुपैयाँ नगद र ३ तोला सुन भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सहकारी र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

खगराज अधिकारीको नाममा गण्डकी विकास बैंकमा २ हजार ४९९ कित्ता शेयर छ। मुख्यमन्त्री अधिकारीले शेयर प्राप्तिको स्रोत कृषि आम्दानी देखाएका छन्। कृषि फसलबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुनेसमेत विवरणमा उल्लेख छ।
मुख्यमन्त्री अधिकारीको नाममा ५० लाख रुपैयाँ पर्ने स्कार्पियो छ। ५० लाख रुपैयाँ मूल्य पर्ने बाग्मती प्रदेश ०१–२६ च ८७५२ नम्बरको स्कार्पियो २०७८ मंसिरमा खरिद गरेको जनाइएको छ। आइ २० कार केदार थपलियालाई बेचेर त्यसैमा थपेको रकमले स्कार्पियो किनेको विवरणमा उल्लेख छ। थपलिया नाताले मुख्यमन्त्री अधिकारीका साला पर्छन्। उनी अधिकारीको सहयोगीसमेत हुन्।

अग्रगामी कृषि फर्ममा मुख्यमन्त्री अधिकारीकी श्रीमती रमा पाण्डेको नाममा १६ लाख रुपैयाँ लगानी छ। निर्माणाधीन चितवन फिस वेभ रिसोर्टमा पनि श्रीमतीकै नाममा २० लाख रुपैयाँ लगानी रहेको उल्लेख गरिएको छ।
प्रभु बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर काठमाडौंको चन्द्रागिरीमा श्रीमती रमाको नाममा ८ आना जग्गा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। तर, जग्गा किनेको ऋण तिरे नतिरेको खुलाइएको छैन। २०७८ मा जेठ १८ गते प्रभु बैंकबाट ऋण लिएको देखाएका छन्।

मुख्यमन्त्री अधिकारीको श्रीमती पाण्डे प्रावि दरबन्दीको शिक्षक भएकाले उनले आफैंले सम्पत्ति विवरण बुझाएको उल्लेख छ।
मुख्यमन्त्री अधिकारीले माघ १२ गते सम्पत्ति विवरण बुझाएको उल्लेख छ। तर, शुक्रबार मात्र सार्वजनिक गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत शुक्रबार सम्पत्ति विवरण सार्वजनिक भएको हो। ‘माननीय मुख्यमन्त्री लगायत सबै माननीय मन्त्रीज्यूहरूको सुरु नियुक्तिको ६० दिन भित्र पेश गर्नु भएको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राप्त भएको छ’, वेबसाइटमा उल्लेख छ। तर, मुख्यमन्त्री बाहेक अरु मन्त्रीको सम्पत्ति विवरण भने वेबसाइटमा उपलब्ध छैन।

गण्डकीमा मुख्यमन्त्री सहित ७ मन्त्री थिए। माओवादीका २ मन्त्रीले चैत १० गते नै राजीनामा दिएर सरकारबाट बाहिरिएका छन्।
राजीनामा दिएका माओवादीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीको पनि सम्पत्ति विवरण प्राप्त भएको भनिएको छ, वेबसाइटमा उपलब्ध छैन।
सबैको अनुमति लिनुपर्दा सम्पत्ति विवरण सार्वजनिकमा ढिलाइ भएको मुख्यमन्त्री अधिकारीले दाबी गरे। ‘मेरो त डे वानमै गरेको। क्याबिनेटले निर्णय गर्दिनप¥यो भन्ने ब्युरोक्रेसी। मैले त भइसक्यो भन्ठानेथे। डे वानमै गर्नुस भन्या हो मैले’, शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा अधिकारीले भने।

उनले थपे, ‘तपाईंको केन्द्रका मन्त्रीहरू छोडेर हिनिसके। रवि लामिछानेकै पनि पाउनुभयो कि भएन मलाई थाहा छैन। नैतिकताको कुरा उठाउने नयाँ साथीहरूले पनि ग¥या छैनन्। तर, मैले समयभित्रै ग¥याछु।’ उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न कुनै आपत्ति नरहेको दाबी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?