रवि लामिछानेका चालक थापाको अवस्था चिन्ताजनक

रवि लामिछानेका चालक थापाको अवस्था चिन्ताजनक
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को स्वास्थ्य अवस्था चिन्ताजनक छ।

मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको अवस्था ‘क्रिटिकल’ छ। उनको मुटुको चाल र रक्तचाप चिकित्सकीय उपकरणका सहायताले मेन्टेन गरिएको बताइएको छ।

‘उनको अवस्था अत्यन्तै क्रिटिकल छ। अहिले मेसिनको सहायताले मुटुको चाल र रक्तचाप मेन्टेन गरिएको छ,’ अस्पताल स्रोतले भन्यो।

थापा सोमबार (वैशाख ४ गते) बिहान चितवनस्थित रवि लामिछानेको घरको छतबाट खसेको अवस्थामा फेला परेका थिए। राति सुत्नका लागि छतमा गएका उनी बिहान घाइते अवस्थामा फेला परेपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो।

चितवनबाट उनलाई वैशाख ५ गते नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष