
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेको छ।
शनिबार ५० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर २२४ पीसीआर तथा ९२४ एन्टिजेन परीक्षण भएको छ।