तनहुँ १ः स्वर्णिम र गोविन्दबीच झन्डै ६ हजार मतान्तर

तनहुँ १ः स्वर्णिम र गोविन्दबीच झन्डै ६ हजार मतान्तर
+
-

पोखरा – तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ। २७ हजार ४४ मतगणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता छ। वाग्लेले सुरुवातदेखि नै अग्रता कायम गरेका हुन्।

स्वर्णिमले १३ हजार ७४९ मत पाएका छन्। दोस्रो स्थानमा रहेका सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईसँग स्वर्णिमको मतान्तर ५ हजार ७१३ छ। भट्टराईले ८ हजार ३६ मत पाएका छन्।

नेकपा एमालेका सर्वेन्द्र खनालले जम्मा ४ हजार ३९४ मत पाएका छन्। मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले १११ मत पाएर चौथो स्थानमा छन्।

४२ मध्ये २० वडाको मतगणना सकिएको छ। सत्ता गठबन्धनको दबदबा रहेको भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा भट्टराईको पक्षमा अपेक्षा गरेको भन्दा कम मत खसेको छ।

तनहुँ १ मा ६३ हजार ७५७ मत अर्थात ५१.७० प्रतिशत मत खसेको छ। यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?