पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
+
-

पोखरा- पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वितरण गर्ने सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको बुधबार ४ विधाको मनोनयन सार्वजनिक भएको हो।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ।

वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी (बाग्लुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदिप खड्का (कास्की) परेका छन्।

वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर (बाग्लुङ), फुटवलकी सावित्रा भण्डारी (लमजुङ)र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर (बाग्लुङ) मनोनयनमा परेका छन्।

उदयमान खेलाडी विधाको मनोनयनमा भलिबलका रवि केसी (पर्वत) फुटबलका सुमित श्रेष्ठ (कास्की) र क्रिकेटका सुवास भण्डारी (बाग्लुङ) छन्।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा आर्चरीका किशोरकुमार गुरुङ (स्याङजा), लनटेनिसका निरज थापा (कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार (कास्की) परे।

वर्ष खेलाडी पुरुष र महिलाको अवार्ड विजेता खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले ३५ हजारको साथमा ट्रफी पाउनेछन्।

मञ्चले ७ विधामा अवार्ड वितरण गर्दै आइरहेको छ। लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा बाँकी रहेको महासचिव राजाराम पौडेलले बताए।

वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन्। लाइफटाइम अचिभमेन्ट अवार्ड विजेतालाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान पौडेलले जानकारी दिए।

बैशाख २३ गते पोखरामा अवार्ड वितरण कार्यक्रम हुनेछ। खेलाडीलाई ऊर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?