
नेपालगञ्ज – नेपालगञ्ज नाकामा पाँच जनालाई कोरोना देखिएको छ।
भारतको विभिन्न ठाउँबाट आए पाँच जना नेपालीलाई कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए।
नाकामा १ सय ५४ जनाको जाँच गर्दा जाजरकोट, जुम्ला, कालिकोट, कैलाली र सल्यानका एकरएक जनामा कोरोना देखिएको हो।
कोरोना देखिएकाहरु आ–आफ्नो घरतर्फ लागेका छन्। केही दिनयता नेपालगञ्जको भेरी अस्पतालमा बिरामी आएका छन्। भेरीको ल्याबले पनि कोरोना पुष्टि गरेको छ।