
वसन्त ऋतुसँगै काठमाडौँ उपत्यकालाई बैजनी फूलले सजाउँछ। हरेक वर्षको सुरुवातबाटै सडक किनाराका झ्याम्म हाँगा फिँजिएका रुखभरी बैजनी फूल देख्दा सहर पनि रमाइलो देखिन्छ।
धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नामचाहिँ ज्याकाराण्डा हो, जसको श्रृङ्गारले काठमाडौँ सहरसहितका उपत्यका तीन जिल्ला सजिएका हुन्छन्।
दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा ज्याकाराण्डा फुलेको देखिन्छ। भीडलाई हेरेर फुल्दैन गरेको ज्याकाराण्डाले बैशाखको उज्यालो दिनलाई प्रकृतिमय बनाइदिएको छ।
स्वतन्त्र फुलेका फूलहरूले उपत्याकाबासीलाई नयाँ वर्षको शुभकामना दिएझैँ लाग्छ। फुटपाथलाई समेत नीलाम्मे बनाउने ज्याकाराण्डाले मनै शीतल बनाएको लाग्छ।
थप तस्बिरहरू: