
काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शक उर्लिएका छन्। नेपाललाई सपोर्ट गर्न दर्शकहरु नेपाली झण्डा बोकेर कीर्तिपुर पुगेका छन्।
कुबेतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ। वर्षाले खेल केहीबेर रोकिएपछि ५० ओभरको खेललाई ४२ ओभरमा छोट्याइएको छ।
नेपालका लागि कप्तान रोहित पौडेलले ९४ रनको शानदार इनिङ खेले। त्यस्तै, कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रन बनाए।
त्यस्तै, ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाउँदा आसिफ शेखले २८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३१ रन बनाएका थिए। त्यस्तै, आरिफ शेख १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे।
अहिले कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ।