
काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा प्रवेश गरेको छ।
पटक–पटक वर्षा भएपछि खेल पूर्णरुपमा सम्पन्न हुन सकेन। नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा सुरु भएको थियो। त्यसपछि सुपर ओभरको खेल समेत हुन नसक्दा नेपाल फाइनल प्रवेश गरेको हो।
खेल सुरु हुने पर्खाइमा पानीमा रुझ्दै बसिरहेका दर्शकलाई फाइनल प्रवेशपछि खेलाडीहरुले धन्यवाद दिएका छन्। जलमग्न भएको मैदानबाट पानीमा भिज्दै खेलाडीहरुलाई दर्शकहरुलाई धन्यवाद दिएका हुन्।