कानुनमा के छ?

दोहोरो र झुट्टा प्रमाण पेश गरी नागरिकता लिए के हुन्छ कारबाही? (भिडियो)

+
-

काठमाडौँ – नेपालको कानुनले दोहोरो नागरिकतालाई बर्जित गरेको छ। तर दोहोरो नागरिकताको विवादमा परेर विभिन्न किसिमका मुद्दाहरु खेप्नुपरेका समाचारहरु हाम्रा लागि कुनै नौलो विषय होइन।

दोहोरो नागरिकता लिए कानुनी सजाय के हुन्छ? लगायतका विषवस्तुसँग रहेर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंशः

कुनै पनि व्यक्तिले यदि एक देशको नागरिकता हुँदाहुँदै अर्को देशको नागरिकता लिएमा वा सोही देशको पनि एउटा नागरिकता हुँदाहुँदै अर्को नागरिकता लिएमा त्यसलाई दोहोरो नागरिकता भनिन्छ। हाम्रो कानुनले दोहोरो नागरिकतालाई बर्जित गरेको छ। कानुनअनुसार नेपाली र विदेशी व्यक्तिलाई दोहोरो नागरिकतामा छुट्टाछुट्टै कानुनी सजाय हुने व्यवस्था छ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा नेपाली नागरिकले आफूखुशी अन्य कुनै देशको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भनी उल्लेख गरेको छ। त्यस्तै, दफा ११ ले कुनै नेपाली नागरिकले विदेशी मुलकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा बुझाएपछि मात्रै निजको नेपाली नागरिकता पुनः कायम हुने भनि उल्लेख गरेको छ।

नागरिकता ऐन, २०६३ को दफा २१ मा कुनै विदेशीले नेपाली नागरिकता लियो भने वा झुट्टा व्यहोरा देखाएर नागरिकता लियो भने १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। नेपालीले झुट्टा विवरण दिएर नागरिकता लिएमा भने १ वर्षदेखि ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवाना लिने व्यवस्था छ। कुनै पनि नेपालीले विदेशको नागरिकता लियो भने पनि नेपालको नागरिकता निलम्बन मात्रै हुन्छ।

त्यस्तै, ऐनको दफा २१ (१) अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफाबमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ भनिएको छ। (२) कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

(३) कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

त्यस्तै, (४) कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। (५) दफा १२ बमोजिम झुठो विवरण दिइ नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

(६) नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी-जानी वा बदनियत राखी यस ऐन वा यस ऐनअन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारीउपर प्रचलित कानुन बमोजिम विभागीय कारबाही हुनेछ।

(७) उपदफा (१), (२) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ भनिएको छ।

दोहोरो नागरिकताबारे नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिन सकिन्छ।

यो पनि पढ्नुहोस्

कस्तो मुद्दा फिर्ता लिन मिल्दैन? (भिडियो)

कस्तो मुद्दा फिर्ता लिन मिल्दैन? (भिडियो)

बढी भाडा असुल्ने सवारी साधनविरुद्ध कहाँ दिने उजुरी? (भिडियो)

बढी भाडा असुल्ने सवारी साधनविरुद्ध कहाँ दिने उजुरी? (भिडियो)

पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? (भिडियोसहित)

पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? (भिडियोसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?