
काठमाडौँ – भारतमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्।
फागुन ३ गते राति काठमाडौँको बुद्धनगरस्थित निवासमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको थियो।
स्वास्थ्यमा सुधार भएपछि उनी नेपाल फर्किएका हुन्। उनी आइतबार साँझ काठमाडौँ आइपुगेका छन्। उनले उपचारमा सघाउने र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
उक्त आगालागीमा परेर घाइते भएकी नेता भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो।