पोखरा स्पोर्ट्स अवार्डः मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा स्पोर्ट्स अवार्डः मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’
+
-

कास्की – पोखरा स्पोर्ट्स अवार्डको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ३५ वर्ष प्रशिक्षक भएका मर्सानीलाई अवार्ड प्रदान गर्ने भएको हो।

उनले अवार्डसँगै चाँदीको करुवा, ट्रफी र प्रमाणपत्र पाउनेछन्। वैशाख २३ गते पोखरामा अवार्ड वितरण गरिनेछ।

तनहुँ बन्दीपुरका मर्सानीले १५ वर्षको उमेरदेखि बक्सिङ खेल्न थालेका हुन्। त्यतिबेला उनले ननलिस्टिङ प्रतियोगिता एनसीसीबाट खेले।

२०३७ सालमा भैरहवामा बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिता भएको थियो। त्यहाँ उनी गण्डकी अञ्चलबाट उनी सहभागी भए। मर्सानीले पहिलो सहभागितामै काँस्य पदक हात पारे। २०३८ सालमा काठमाडौँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए। वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा रजत पदक जिते। २०४१ मा भएको नवौँ बक्सिङ प्रतियोगितामा उनले स्वर्ण पदक नै प्राप्त गरे।

मर्सानीको प्रशिक्षणको यात्रा २०४२ सालदेखि सुरु भएको हो। सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरे। दुई वर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरेँ। बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिरे भएर ३ वर्षअगाडि अवकाश पाएका हुन्।

उनको प्रशिक्षणमा आठौँ राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भए। २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो। त्यसपछि, नवौँ सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए।

२०५७ मा यू- १९ साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शन पश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत भए। मर्सानी अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, श्रीलंका, भारत, पाकिस्तान पुगेका छन्।

सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डसँगै उत्कृष्ट वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?