
काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियू मैदानमा वर्षाको कारण रोकिएको नेपाल र युएईबीचको खेल हेर्न दर्शकहरू छाता ओढेर बसिरहेका छन्।
युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पुनःवर्षा सुरू भएर खेल रोकिन पुगेको छ। खेल रोकिएपनि दर्शकहरू छाता ओढेरै यथास्थानमा बसेका छन्।
दर्शकहरू वर्षा रोकिएर खेल पुन: सुरु हुने आसमा छन्। यसअघि १६ ओभरको समाप्तीमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा पनि वर्षा हुँदा नेपाल र युएईबीचको खेल रोकिएको थियो।
तर केही समयमानै वर्षा रोकिएपछि पुनःखेल सुरू भएको थियो। जहाँ नेपालले आफ्नो सानदार बलिङ याट्याक जारी राख्दा युएई सस्तैमा समेटिन लागेको थियो।
थप तस्बिरहरू: