
काठमाडौँ – एसिसी प्रिमिएर कप क्रिकेटअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ।
युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा खेल रोकिएको हो। खेल रोकिए पनि दर्शक अझै पनि छाता ओढेर खेल सुरु हुने प्रतिक्षामा बसिरहेका छन्।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले दर्शकसँग भेटघाट गरेका छन्। उनीहरुले छाता ओढेर क्रिकेट मैदानभित्रबाट दर्शकसँग हात मिलाउनुका साथै फोटोसमेत खिचेका थिए।
उनीहरुले चार जना दर्शकलाई मेडलसमेत लगाइदिएका छन्।