
टियू मैदानमा भएको एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले युएईमाथि ऐतिहासिक जित निकालेको छ।
सोमबार फाइनल खेल हुनुपर्ने भएपनि वर्षाका कारण रोकिएको खेल मंगलबार भयो। ब्याटिङमा खराब सुरुवात गरेको नेपालले बिस्तारै अब्बल रूपमा प्रस्तुत हुँदै गयो।
फलत: युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जित्दै एसियाकपमा स्थान बनाउन सफल भयो। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा नेपाल भारत र पाकिस्तान समिलित समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ।
वर्षाका कारण रोकिँदै पुन:सुरू हुँदै गरेको खेल हेर्न दर्शक भने खुब उत्साहित थिए। नेपाली टोलीलाई हौसाउनका लागि नेता, कलाकार, साहित्यकार, पत्रकारलगायत सबै क्षेत्रका दर्शकको उत्साहजन उपस्थिति देख्न सिकिन्छ।
वर्षा र चिसो मौसमका बाबजुद पनि दर्शक भने नेपालको जितको गर्मीमा रमाइरहेका छन्।
थप तस्बिरहरू: