भुटानी शरणार्थी प्रकरणमा तानिए अख्तियारका प्रमुख आयुक्त प्रेम राई पनि

भुटानी शरणार्थी प्रकरणमा तानिए अख्तियारका प्रमुख आयुक्त प्रेम राई पनि
+
-

काठमाडौँ– भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम पनि पोलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान डकुमेन्ट बनाएको गिरोहमा संलग्न भेटिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा प्रेम राईको पनि नाम लिएपछि राईले बुधबार राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गरेका हुन्। इन्द्रजित राईलाई प्रहरीले मंगलबार पक्रेको हो।

बादलका छोरा प्रतिक थापालाई पनि बुधबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। राईले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामशहाय प्रसाद यादवलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिवदेखि शीर्ष नेता र तीनका परिवारको संलग्नता रहेको खुलासा भएको र अरु धेरै जना तानिन सक्ने बताएका छन्।

सोही प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले तीन  दिन थुनामा राख्न म्याद पाएको छ। पाण्डे त्यो बेला गृहसचिव थिए।

अनुसन्धानका क्रममा अन्य सरकारी कर्मचारी र शीर्ष नेता पनि पर्न सक्ने राईको आशंका छ। राई केही समय अघि सम्म गृहसचिव थिए।

२०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। उक्त कार्यदल बन्दा राई गृह सचिव थिए। उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृह सचिव बनेका हुन्।

भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरूले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए।

सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको छ।

गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई १२ चैतमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। केशव दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दा उनका स्वकीय सचिव थिए।

उक्त गिरोहले आठ सय भन्दा धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएका थिए। एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएका उनिहरुले एक अर्ब ठगी गरेको खुलेको छ।

यो पनि पढ्नुहोस्

पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

भुटानी शरणार्थी प्रकरणमा सचिव पाण्डे पक्राउ

भुटानी शरणार्थी प्रकरणमा सचिव पाण्डे पक्राउ

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष