सातौं पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेलाडी करण र सावित्रा

सातौं पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट खेलाडी करण र सावित्रा
+
-

पोखरा – सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी क्रिकेटका करण केसी र फुटबलका सावित्रा भण्डारी घोषित भएका छन्।

शनिबार अवार्ड वितरण गरिएको हो। पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करणले प्राप्त गरे। मनोनयनमा करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए।

महिलातर्फको अवार्ड सावित्राले हात पारेकी हुन्। मनोनयनमा सावित्रासँगै आर्चरीकी रोजिना थापामगर, तेक्वान्दोकी सुस्मिता थापामगर परेकी थिइन्। केसी र भण्डारीले अवार्डसँगै इलेक्ट्रिक स्कुटर प्राप्त गरे।

उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारीले हात पारे। यो विधामा भण्डारीसँगै भलिबलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए।

वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारे। यो विधामा गुरुङसँगै लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा थिए।

उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले अवार्डसँगै ३५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि वितरण गर्ने स्पोर्टस अवार्डमा यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीले पाएका छन्। मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरेको छ।

वर्ष उत्कृष्ट खेल संस्थाको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघले पाएको छ।

वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको छ। वर्ष उत्कृष्ट खेलकुद संघ र वर्ष उत्कृष्ट पत्रकारको अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारे।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अवार्ड वितरण गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?