कानुनमा के छ?

म्याद गुज्रिएका सामान बेच्नेलाई के हुन्छ सजाय? (भिडियोसहित)

+
-

काठमाडौँ – बजारमा केही सामग्री खरिद गर्न जाँदा उक्त सामान म्याद गुज्रिएको पाउनुभएको छ? अनि यसरी म्याद गुज्रिएको सामग्री बिक्री गर्ने बिक्रीकर्ता वा सम्बन्धित कम्पनीलाई कारबाही हुन्छ कि हुँदैन होला भन्ने सोच तपाईंको मनमा आएको छ? यदि त्यस्तो सोच आएको छ भने पक्कै पनि म्याद गुज्रिएको सामग्री बेच्ने व्यक्तिलाई कानुनी कारबाही हुने व्यवस्था छ।

उपभोक्ता हित संरक्षण ऐनले उपभोक्तालाई ठगी गर्ने, सामानको मूल्यसूची नराख्ने, म्याद गुज्रिएको सामान बिक्री गर्नेलगायत विभिन्न क्रियाकलाप गरेमा कारबाही गर्ने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराई बताउँछन्।‍

बजारमा जुनसुकै सामान खरिद गर्दा पनि त्यसमा सुरक्षित उपभोग्य समयावधि तोकिएको हुन्छ। त्यसरी तोकिएको म्याद गुज्रिएको सामान बजारमा बिक्री गर्न नपाउने कानुनमा उल्लेख छ। यदि कसैले म्याद गुज्रिएको सामान बिक्री गरेमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हुने व्यवस्था छ।

छुट्टाछुट्टै कसुरमा छुट्टाछुट्टै कारबाही हुन्छ। मूल्य सूची नराख्ने, म्याद सकिएको सामान बिक्री गर्ने, बिलविजक जारी नगर्ने, व्यवसाय दर्ता नगरी सामान बिक्री गर्नेलगायत भिन्नाभिन्नै कसुरमा भिन्नै सजाय हुने व्यवस्था छ।

सामान्यतयाः कसुरको मात्राअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था ऐनमा उल्लेख छ। उपभोक्तालाई ठगी गर्ने, म्याद गुज्रिएको सामान झुक्याएर बेच्ने गरेमा २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुन्छ। साथै उक्त म्याद गुज्रिएको सामानलाई नष्ट गर्ने काम पनि उपभोक्ता संरक्षण विभागले गर्दै आएको छ।

कहिलेकाहीँ बजारमा भेटिएका कतिपय सामानहरुमा उत्पादन भएको मिति र उक्त सामान कहिलेसम्म प्रयोग गर्न मिल्ने हो भन्ने केही पनि खुलाएको हुँदैन, त्यस्तो अवस्थामा के कारबाही हुन्छ भन्ने हाम्रो प्रश्नमा निर्देशक भट्टराई भन्छन्,’कुनै पनि सामग्री त्यसरी म्याद नै नराखी बिक्री गर्न बजारमा लैजान नै पाइँदैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुग्यपत्र लिएर मात्रै खाद्य वस्तुको उत्पादन, प्याकेजिङलगायतको कार्य गर्न पाउने व्यवस्था छ।’

कुनै पनि सामग्रीको म्याद गुज्रिने समय भने एउटै हुँदैन। त्यसमा प्रयोग गरिएका अन्य कच्चा पदार्थहरु, तिनीहरुको मात्रा, के–के प्रयोग भएको छलगायतका कुराले प्रयोग गर्न मिल्ने समय निर्धारण गर्दछ।

उपभोक्ता संरक्षण ऐनको दफा १६ (क) मा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल ढाँचा वा बनावट ढाँटी, लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने कामलाई निषेधित कामको सूचीमा राखिएको छ ।

विभागले कमसल खाद्यान्न बेच्नेमाथि खाद्य ऐन, २०२३ अनुसार कारबाही प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था ऐनमा उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐन दफा १६ को उफदफा २ (ग) १ अनुसार पुनर्निर्मित वा पुराना वस्तुलाई नयाँ हो भनी देखाइ वा झुक्याइ बिक्री गर्न पाइँदैन। यसो गर्ने वा गराउनेलाई ऐनअनुसार २ देखि ५ वर्षसम्म कैद, ४ देखि ६ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ।

यस्तै, दफा १६ कै उपदफा २ (ठ) अनुसार उपभोग गरिसक्नुपर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुलाई नयाँ लेबल लगाइ बिक्री गर्न पाइँदैन। यसो गरेको पाइएमा पनि ऐनअनुसार निरीक्षण अधिकृतले तत्काल २ देखि ३ लाख रुपैयाँ जरिवाना गराउन सक्नेछन्।

कानुनअनुसार देशभित्र म्याद गुज्रिएका कुनै पनि वस्तु बिक्री गराउन पाइँदैन भनेको छ। उत्पादनकर्ता नेपालकै हो भने उसले आफ्नो सामान बजारबाट फिर्ता लैजानुपर्छ र नष्ट गर्नुपर्छ, त्यस्तै यदि विदेशबाट आयात भएर बिक्री भएको सामान हो भने जोमार्फत ल्याइएको हो उसले नै फिर्ता लैजानुपर्छ र नष्ट गर्नुपर्छ।

यसरी म्याद गुज्रिएको सामग्री पाइए तत्काल नष्ट गर्ने र कारबाही गर्नेलगायतका काम उपभोक्ता संरक्षण विभागले गर्दै आएको छ। साथै बेलाबेलामा अनुगमनसमेत गर्ने गरेको छ।

कुनै पनि उपभोक्ताले आफू ठगिएको थाहा पाउनसाथ विभागको टोल फ्रि नम्बर ११३७ मा फोन गरी आफ्नो गुनासो टिपाउन सक्छन्। त्यस्तै, विभागको वेबसाइटमा गएर पनि गुनासो टिपाउन सकिन्छ। त्यससँगै ‘हेल्लो सरकार’मार्फत आएको गुनासोलाई पनि विभागले लिने गरेको छ।

यो पनि पढ्नुहोस्

दोहोरो र झुट्टा प्रमाण पेश गरी नागरिकता लिए के हुन्छ कारबाही? (भिडियो)

दोहोरो र झुट्टा प्रमाण पेश गरी नागरिकता लिए के हुन्छ कारबाही? (भिडियो)

कस्तो मुद्दा फिर्ता लिन मिल्दैन? (भिडियो)

कस्तो मुद्दा फिर्ता लिन मिल्दैन? (भिडियो)

पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? (भिडियोसहित)

पैसा नभइ चेक काट्दा के हुन्छ सजाय? (भिडियोसहित)

बढी भाडा असुल्ने सवारी साधनविरुद्ध कहाँ दिने उजुरी? (भिडियो)

बढी भाडा असुल्ने सवारी साधनविरुद्ध कहाँ दिने उजुरी? (भिडियो)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?