
काठमाडौँ- नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।
एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो।
कानुनी कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पदबाट निलम्बन गरेको हो।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीलाई तत्काल उपस्थित भएर अनुसन्धानमा सहयाेग पुर्याउन निर्देशन दिएकाे थियाे।
रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेकाे छ। उनी भारतमा लुकेर बसेकाे बताइन्छ। उनका छाेरा सन्दीप भने पक्राउ परिसकेका छन्।
विज्ञप्ति: